logo-img

अमेरिका र चीन उच्च तहमा वार्ता : पृथ्वीमा दुईवटा सुपरपावर मात्र रहन सक्ने

अमेरिकाका राष्ट्रपति जो बाँडेन र चीनका राष्ट्रपति सी जिनपिंगले बुधबार राति अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एसिया–प्यासिफिक इकोनोमिक को–अपरेशन(एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुई देशका बिच फेरि मिलिटरी कम्युनिकेसन सुरु गर्ने विषयमा सहमति भएको छ ।

अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सी जिनपिंगले भनेका थिए, ‘अमेरिका ताइवानलाई हतियार दिन छोडोस् । उसलेएक चीननीतिको समर्थन गर्नुपर्छ जसलाई पन्छाउन सम्भव छैन ।’ 

चीनको सरकारी न्युज एजेन्सीसिन्ह्वाका अनुसार, राष्ट्रपति सीको भनाई थियो, ‘चीन अमेरिकालाई पछि पार्न या उसको स्थान लिन चाहँदैन तर अमेरिका पनि चीनलाई तनाव दिन बन्द गरोस् ।’

चिनियाँ विदेश मन्त्रालयका अनुसार सीले भनेका छन्,‘चीनको एक्सपोर्टमानियन्त्रण, लगानीको परीक्षण र एकतर्फी प्रतिवन्धलेचीनको स्वार्थमा हानी पुर्याईरहेको छ ।चीनको विज्ञान र प्रविधिलाई दबाएर उसको विकास यात्रामा अवरोध पुर्‍याउने काम भइरहेको छ ।’

न्यूयोर्क टाइम्सले लेखेको छ, ‘चिनियाँ राष्ट्रपति सीले स्पष्टसँग भने, यो धरती यति धेरै विशाल छ कि यहाँ दुई वटा सुपर पावर मात्र रहन सक्छन् । हाम्रो देश विल्कुल फरक छ तर हामीअझ माथिउठ्न सक्छौं ।चीन र अमेरिका जस्तादुइठूला देशकालागि एकअर्काको अहितचाहनु कुनैपनि कुराको विकल्प हुन सक्दैन । दुइ देशवीचको संघर्ष र टकरावको परिणाम खतरनाक हुन सक्ने छ ।’

द्विपक्षीय बैठक भन्दा अघिअमेरिकी विदेश मन्त्रीएन्टोनीब्लिंकन र चिनियाँ विदेश मन्त्रीवांगयीपनि सहभागी थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘कम्युनिस्ट देशहरू नै तानासाही सञ्चालन गर्दछन् । सीजिनपिङ एक यस्ता तानाशाह हुन् जो कम्युनिस्ट देश चलाई रहेका छन् ।चीनको सरकार हाम्रो सरकार भन्दा बिलकुल अलग छ ।’





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया