logo-img

उदाउँदो सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]

सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आराधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

जनकपुरस्थित गंगा सागरमा राताभर जाग्राम बसेका व्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी व्रत समापन गरेका छन् । हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।

दुलही झैं सिँगारिएका तलाउमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ ।  आज बिहानै उदाउँदो सूर्यको पूजा उपासना गरी अर्घ दिएसँगै चार दिन लामो छठ पूजा सम्पन्न भएको छ ।  

 





 

  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार ८:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया