logo-img

हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

इजरायली ​डिफेन्स फोर्स (आइडिएफ)ले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको भएको बताइएको छ ।

आइडिएफले सार्वजनिक गरेको भिडियोमा हमासले दुई जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ । एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको आइडिएफले जनाएको छ । 

भिडियोमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएको देखिन्छ । तर उनीहरूको अनुहार भने देखिँदैन । भिडयोमा हतियार बोकेका व्यक्तिहरू पनि देखिन्छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया