logo-img

विश्वकप छनोटमा यमनसँग भिड्दै नेपाल, यस्तो छ हेड टु हेड
फाइल तस्बिर

फिफा विश्वकप फुटबलअन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले दोस्रो खेलमा आज यमनको सामना गर्दैछ । समूह ‘एच’ अन्तर्गत हुने नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । 

नेपाल र यमनले पहिलो खेलमा हार बेहोरेका थिए । अघिल्लो साता नेपाल यूएईसँग ४–० तथा यमन बहराइनसँग २–० ले पराजित भयो । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अर्को चरण प्रवेशका लागि यमनविरुद्धको खेल महत्वपूर्ण हुने बताएका छन् । सोमबार खेलअघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले त्यसका लागि आफूहरू तयार रहेको बताए ।  



प्रशिक्षक एनिसले भनेका छन्, ‘युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको छ । पछिल्लो खेलमा धेरै गल्तीहरू भए । यमनविरुद्ध हामी अंक चाहन्छौं त्यसैले उच्च स्तरको प्रदर्शन गर्नेछौँ । खेलाडीहरू फिट छन, घरेलु भूमिमा समर्थकबीच हामी खेलको मजा लिनेछौँ ।’ उनले अगाडि थपे, ‘सबैलाई थाहा नै छ, यसपालि हामीसँग धेरै नयाँ खेलाडी छन् । यमनसँग पहिलो रोजाइमा को–को पर्नेछन्, त्यसले पनि नतिजामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

हेड टु हेडको कुरा गर्दा हालसम्म नेपाल र यमनले चार खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले यमनलाई हराउन सकेको छैन । यमनविरुद्ध नेपालको उत्कृष्ट नतिजा गोलरहित बराबरी खेल्नु हो ।

यस्तै, यमनसँग नेपालको फराकिलो हार ३–० नतिजा हो । अहिलेसम्म नेपालले यमनविरुद्ध एक गोल मात्र गर्न सकेको विगत छ । आज भने नेपाल यमनलाई स्तब्ध पार्दै इतिहास रच्न चाहन्छ । 



फिफा वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा छ । यमनविरुद्धको खेल हेर्नका लागि साधारण प्यारपिटको ४ सय र भिआइपीको १ हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ । दोस्रो चरणका खेल होम एन्ड अवेका आधारमा हुनेछन् । 



नेपालले तीनै टिमसँग २–२ खेल गरी ६ खेल खेल्नेछ । दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ । चार टिममध्ये शीर्ष दुई टिम एसिया कपका साथै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।   

  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ७:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया