logo-img

यमनविरुद्ध खेल्ने नेपाली टिम घोषणा, अनन्त र दिनेशको पुनरागमन
फाइल तस्बिर

आउँदो फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । एन्फाले एन्फाले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले पुनरागमन गरेका छन् । चोटका कारण दुवै खेलाडी यूएईसँगको खेलमा टिममा थिएनन् । 

यस्तै, यूएईविरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बू भने टोलीमा समावेश छैनन् । यस्तै, यूएईविरुद्धको खेलका लागि पहिलोपटक नेपाली टिममा परेका निसान हमाल पनि यमनसँगको खेलमा टिममा अटाएनन् । 



समूह ‘एच’ अन्तर्गत हुने नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । 

नेपाली टोली 

गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल



डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु



फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १२:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया