एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारणमा रोक लगाएको छ । ‘ब्राभो डेल्टा शो’ नामक कार्यक्रमका लागि भूषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारणमा रोक लगाएको हो ।
दाहालले व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको एक्समा उल्लेख गरेका छन् । ‘वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु,’ दाहालले लेखेका छन् ।
कार्यक्रम आज राति ९ बजे प्रसारण हुने तालिका थियो । आज दिउँसो दाहालले एक्समा राखेको अन्तर्वार्ताको क्लिपमा प्रसाईंले देशको व्यवस्था परिवर्तन हुनुपर्ने विषयलाई जोड दिएका छन् ।
वाह! लोकतंत्र
— bHUSANdAHAL🇳🇵 (@DahalTbd) November 22, 2023
३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।
आजको कार्यक्रम
Sajhakatha youtube channel @ 8pm#सुचनाकोहक pic.twitter.com/VGEPO3LD5r
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।