logo-img

एपिवान टीभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता
फाइल तस्बिर

एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारणमा रोक लगाएको छ । ‘ब्राभो डेल्टा शो’ नामक कार्यक्रमका लागि भूषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारणमा रोक लगाएको हो ।  

दाहालले व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको एक्समा उल्लेख गरेका छन् । ‘वाह ! लोकतन्त्र ।  ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु,’ दाहालले लेखेका छन् । 

कार्यक्रम आज राति ९ बजे प्रसारण हुने तालिका थियो । आज दिउँसो दाहालले एक्समा राखेको अन्तर्वार्ताको क्लिपमा प्रसाईंले देशको व्यवस्था  परिवर्तन हुनुपर्ने विषयलाई जोड दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया