logo-img

विश्वकप छनोटमा नामिबियासँग जिम्बाब्वेको लज्जास्पद हार

आइसिसी टी–२० विश्वकप क्रिकेटको अफ्रिका क्षेत्र छनोटमा नामिबियाविरुद्ध टेस्ट टोली जिम्बाब्वेले ७ विकेटको फराकिलो हार बेहोरेको छ । नामिबियाको वान्डरर्स क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायो ।  

उसका लागि क्रेग एर्विनले ३६, रयान बर्लले अविजित २७, कप्तान सिकन्दर राजाले २० र वासिङ्टन मसाकाजाले ११ रन बनाए । नामिबियाका लागि जजे स्मितले तीन, टांगेनी लुंगामेनीले दुई, गेर्हार्ड इरास्मस र बर्नार्ड स्कोल्ट्जले एक/एक विकेट लिए ।



जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले १ सय ३३ रनको लक्ष्य १४.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि निकोलास डेभिनले उत्कृष्ट ब्याटिङ गरे ।  

उनले ४५ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ८९ रन बनाए । यस्तै, अर्का ओपनर माइकल भ्यान लिङ्गेनले ३० रन जोडे । जिम्बाब्वेका लागि वेलिंग्टन मसाकाद्जा, रिचर्ड नागरावा र ब्लेसिङ मुजरबानीले एक/एक विकेट लिए । यो जितपछि दुई अंकसहित जिम्बाब्वे शीर्ष स्थानमा छ । 

अंकविहीन जिम्बाब्वे छैटौँ स्थानमा छन् । अफ्रिका छनोटमा नामिबिया, जिम्बाब्वेसहित युगान्डा, केन्या, रुवान्डा, तान्जिनिया र नाइजेरियाले प्रतिस्पर्धा गरिरहेका छन् ।



यी सातमध्ये दुई टिम आउँदो वर्ष वेस्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् । अहिलेसम्म आउँदो विश्वकप खेल्ने १८ टिमको टुंगो लागेको छ । 



  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ८:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया