logo-img

एमालेका युवाहरू भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आज काठमाडौं उपत्यकामा प्रदर्शन गरिरहेका छन् । शक्ति प्रदर्शनमा केही युवाहरू सामेल भए पनि  नेकपा (एमाले) का जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली भूकम्प प्रभावितको सहारा बनिरहेका छन् । 

उनीहरू जाजरकोट र रुकुमको भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा लगातार खटिरहेका हुन् । कात्तिक १७ गते राती गएको विनाशकारी भूकम्पदेखि नै एमालेका स्थानीय कमिटीहरू उद्धार तथा राहतमा खटिएको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेल बताउँछन् । 

पौडेलका अनुसार नेकपा (एमाले) को सचिवालयको २५ औँ बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो । पार्टीले गरेको निर्णय अनुसार हाल जाजरकोट भूकम्प प्रभावितहरू क्षेत्रको पुनर्निर्माणका लागि एक हजार जना स्वयंसेवक परिचालन भइरहेको छन् । 

उक्त स्वयंसेवकहरूले भग्नावशेष व्यवस्थापन गर्ने तथा अस्थायी घर/टहरा निर्माण गरिरहेको उनको भनाइ छ । साथै अन्य ७५ जना स्वयंसेवक भने खाना व्यवस्थापनमा लागि परेका छन् । 
‘रात दिन नभनी यहाँका बासिन्दाको जीवन रक्षाका लागि लागिपरेका छौँ । भग्नावशेष व्यवस्थापन गर्ने तथा अस्थायी घर/टहरा निर्माण गर्ने हाम्रो पहिलो प्राथमिकता हो,’ पौडेल भन्छन्, ‘हामी निरन्तर भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घर टहरा बनाउन जमिन सम्म्याउनेजस्ता काम गरिरहेका छौँ । सुरूमा अस्थायी बासको व्यवस्थापन गरेपछि पुनर्निर्माणको काम हुनेछ ।’ 

नेकपा (एमाले) ले २०७२ सालको विनाशकारी भूकम्पमा पनि स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घर टहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।



 



 

  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया