logo-img

प्रचण्डलाई दुर्गा प्रसाईंको आग्रह : तपाईंले देश चलाउन सक्नुभएन जनतामाझ आउनुस्

व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभई जनविद्रोह भएको बताएका छन् । बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको बिरुवा रोपिएको दाबी गरे । 
 
‘हाम्रो युवाहरु बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईंहरुको अगाडि मर्न आएको हो । म मर्न चाहन्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन, आन्दोलन होइन, यसलाई तपाईंले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेरै खप्यौँ । यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा विद्रोहको विरुवा रोपियो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए । उनले प्रचण्डलाई जनतामाझ आउन आग्रह गरे । उनले भने, ‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस् । हिजो यही जनताले पुर्याएको हो, तपाईंलाई ठाउँमा । जनतालाई जिम्मा लगाउनु, अब तपाईंहरुले सक्नुभएन ।’

मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनि उनले लगाए । ‘यो देशबाट सबैभन्दा बढी सुन तस्करी हुन्छ । यहाँबाट भारत जान्छ, यहाँबाट नक्कली भारतीय रुपैयाँ भारत जान्छ । यहाँ रक्तचन्दन, सुपारी तस्करी हुन्छ, कलकारखाना बन्द हुन्छ, राजाको समयमा हाम्रो देश उद्योग युगमा परिणत भइसकेको थियो,’ उनले भने, ‘तर आज ती उद्योग कारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाएर यो देशमा रक्सी, चुरोट ल्याएर ट्रेनिङ सेन्टर बनाइयो,  मारबाडीहरुको इसारामा यो देशलाई तस्करीको स्थान बनाइयो ।’
 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया