logo-img

बल्खुको प्रदर्शनपछि प्रसाईंले भने : एउटा दुर्गा प्रसाईंले गणतन्त्र हल्लायो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू एक्लैले गणतन्त्र हल्लाएको दाबी गरेका छन् । बिहीबार बल्खुको प्रदर्शनपछि निजी निवास भक्तपुरको ठिमीमा पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलहरू एकातिर र आफू एक्लै अर्कोतिर हुँदा पनि आफूले गणतन्त्र हल्लाएको दाबी गरेका हुन् । 

‘महेश बस्नेत केटाकेटीको कुरा नै नगर्नु । अहिले मिटिङ बस्दै छ,’ उनले भने, ‘एकातिर सबै संसदीय दल, अर्कातिर एउटा दुर्गा प्रसाईं, हल्लियो होइन गणतन्त्र ? कि हल्लेको देख्नुभएन अहिले पनि ?’ आफूलाई मोसो दलेर एमाले नेता जिन्दावाद भन्ने कार्यकर्ताले गणतन्त्रविरोधी फरकधारको शक्ति बल्ल देखेको उनले दाबी गरे । 

गणतान्त्रिक व्यवस्थाको आलोचना गरेका उनले सबै मिलेर मुलुक बचाउनुपर्ने बताए । ‘तस्कर भ्रष्टाचारीलाई लखेटौँ । यो समय दुर्गा प्रसाईंको हो,’ उनले भने ।

‘सबै झण्डा त्याग गरेर नेपाली झण्डा मुनि आउनू । म हजुरबुबा (केपी ओली)लाई पनि भन्छु, बुद्धि छ भने अहिले पनि आउनू, प्रधानमन्त्रीलाई पनि, शेरबहादुर दाइलाई पनि भन्छु आउनुसु, गगन, विश्वप्रकाश, रवि लामिछाने, ज्ञानेन्द्र शाही सबैलाई  बोलाउँछु । आउनुस्,’ उनले भने,‘नेपालको झण्डा बोकेर गरिबी, तस्कर र भ्रष्टाचारीसँग सब एक भएर लड्न आउनू भनेर सम्पूर्णलाई म आह्वान गर्छु ।’

उनले आफ्नो आन्दोलन निरन्तर रहने बताए । ‘यो व्यवस्था परिवर्तन भएको दिन गरिबहरूको ऋण मिनाहा हुन्छ, यो देशको अर्को शंखधर साख्वा हो, यो दुर्गा प्रसाईं,’ उनले भने ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार २०:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया