मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएपछि उनले निवसमै पत्रकार सम्मेलन गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले निवासमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राखिरहेका छन् ।
प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नहुने बताएका छन् । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आम नागरिकको लागि आन्दोलन जारी राख्ने उनको भनाई छ ।
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको जनाएको छ । तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक केहीलाई प्रहरी पक्राउसमेत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।