logo-img

लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु नै सुन्दर पक्ष : विश्वप्रकाश शर्मा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसियशन मोरङद्वारा शुक्रबार मोरङमा आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानीय तहका कांग्रेसका ३ सय ३२ प्रमुखले सङ्गठितरूपमा जनताको कार्य गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

महामन्त्री शर्माले लोकतान्त्रिक प्रणालीप्रतिको जनताको विश्वासलाई घनीभूत बनाउन जनप्रतिनिधिको ठूलो भूमिका रहेको चर्चा गरे । उनले स्थानीय निकायले प्राप्त अधिकारलाई सतर्कताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गरे । 

शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा सडकमा प्रदर्शन गर्न पाउनु नै सबैभन्दा सुन्दर पक्ष भएको पनि चर्चा गरे । उनले अहिले सबैको ध्यान मुख्यरूपमा भूकम्पबाट पीडितका लागि अस्थायी टहरा निर्माण एवं न्यानो कपडा व्यवस्थाका लागि केन्द्रित हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया