logo-img

एनएसएलमा आज दुई खेल हुँदै

नेपाल सुपर लिग एनएसएलमा आज दुई वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ साढे ५ बजे गरी २ वटा खेल हुने भएका हुन् ।

 दिउँसो १ बजे हुने खेलमा पोखरा थन्डर्स र एफसी चितवन आमने सामने हुने छन् । दुवै टिम विजयी सुरुआत गर्ने लक्ष्यमा हुनेछन् । 

यसैगरी आजै साँझ साढे ५ बजे ललितपुर सिटी एफसी र वुटवल लुम्बिनी आमने सामने हुने छन् । यी दुवै टिमले पनि पहिलो जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्य लिएका छन् । 

यसअघि शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया