logo-img

लैंगिक हिंसा राष्ट्रिय नीतिसँग जोडिएको समस्या हो, कानुन निर्माण गर्न आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैंगिक हिंसा व्यक्ति, समाज वा परिवारको मात्र समस्या नभएरराजनीतिक प्रणाली,सामाजिक संरचना रदेशले अवलम्बन गरेको नीतिहरुसँग जोडिएको समस्या भएको बताएका छन् । 

आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले नेपालमा संविधानको मूल मर्म अनुसार कानुन निर्माण गर्नु अत्यन्त आवश्यक भएको बताए । 

आज एक भिडियो सन्देश जारी गर्दै उनले भने, ‘लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय,सुशासन र सम्वृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरुका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मूल मर्म अनुरुप कानून निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रमहरुलाई सबै क्षेत्रमा मूल प्रवाहिकरण गर्नु अत्यन्त जरुरी छ ।’

प्रधानमन्त्री दाहालले संघीय संरचना अनुसकार तीन वटै तहका सरकारमा लैंगिक हिंसाविरुद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकिकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउनुपर्ने भन्दै सबैलाई त्यसका लागि आग्रह गरे । 

लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि सरकारको एकल प्रयास प्रयाप्त नभएको उल्लेख गरेका उनले व्यक्ति,परिवार,संस्था,संरचना सबैमा चेतना र रुपान्तरण हुनुपर्ने उनले बताए । 

‘लैङ्गिक हिंसा मुक्त समाज निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव छैन । व्यक्ति,परिवार,संस्था,संरचना सबैमा रुपान्तरण नहँुदासम्म प्रगतिशिल चिन्तन संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रम हरुले मात्रै समतामुलक समाजको निर्माण सम्भव छैन’ दाहालले भनेका छन्  । 



लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 



  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार ९:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया