logo-img

मुलुकको निकासका लागि अहिलेको सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ : प्रभु साह
फाइल तस्बिर

आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको जिकिर थियो । 

सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले बिचौलिया र दलालहरूको हिस्साको रूपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको बताए । उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे । 

उनले भने, ‘हामीले भनेका छौँ, देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौँ । राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ ।’

अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको उल्लेख गर्दै त्यस विरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए ।  





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १४:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया