logo-img

देउवा र शशांकसँग गगनको प्रस्ताव : अभिभावक भएर स-सम्मान बस्नुस्, जिम्मेवारी काँधमा बोक्न तयार छौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको जिम्मेवारी काँधमा बोक्न आफू तयार रहेको भन्दै सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । कांग्रेस सभापति देउवा प्रमुख अतिथि रहेको नवलपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्दै सोमबार उनले सो आग्रह गरेका हुन् । 

आफ्नो उमेर समूहका नेता–कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै थापाले देउवालाई अभिभावक भएर स–सम्मान बस्न आग्रह गरे । आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न आग्रह गर्दै उनले भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’

नवलपुर जिल्ला सम्मेलनमा सभापति देउवासँगै अर्का नेता डा. शशांक कोइराला पनि उपस्थित थिए । सो क्रममा उनले देश निर्माणको जिम्मा कांग्रेसले मात्र बोक्न सक्ने भन्दै त्यसका लागि आफूहरु तयार रहेको बताए ।

उनले पार्टीभित्र गुटबन्दीमा समय खर्च गर्ने छुट कार्यकर्तालाई नहुने बताए । नेता थापाले देश बनाउने पार्टी कांग्रेस मात्रै हो भन्ने विश्वास दिलाएर काम गर्न पनि सबैलाई सुझाब दिए । 

युवा शक्ति एक हुनुपर्ने भन्दै उनले कांग्रेसले भोटको मात्र राजनीति गर्न नहुने धारणा राखे । अब बा पुस्ताले आराम गर्ने बेला आएको बताउँदै थापाले युवाशक्ति एकजुट भएर पार्टीलाई चलायमान बनाउनुपर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया