logo-img

चीनको कोइला खानी दुर्घटना : ११ जनाको मृत्यु

चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलबार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो । हेइलङजियाङ लङमे सुशाङ्गेशान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण भएको थियो । 

खोजी तथा उद्धार कार्य सम्पन्न भइ दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया