logo-img

एनएसएलमा आज विरगंज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत आज हुने एकमात्र खेलमा विरगंज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धाहुने भएको छ । दुवै टिम पहिलो जितको खोजीमा मैदान उँत्रिदै छन् । 

वीरगन्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो । चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो । चितवनले पहिलो खेलमाधनगढी एफसीसँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा भने काठमाडौं रेजर्ससँग चितवनले१–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगन्ज भने तालिकाको पुछारमा छ । लगातार दोस्रो जित निकालेको धनगढी एफसी तालिकाको शीर्ष स्थानमा रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामानौ टिमको सहभागिता रहेको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया