logo-img

पूर्वखेलाडी तथा प्रशिक्षक भीम थापाको निधन

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वखेलाडी तथा प्रशिक्षक भीम थापाको निधन भएको छ ।  

कुलेश्वरस्थित आफ्नै घरमा बेहोस भएका ७५ वर्षीय थापालाई बिहीबार राति तत्कालै मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । उनले न्युरोड टिम, ठमेल, महावीर क्लबबाट क्लब प्रतियोगितामा पनि खेलेका थिए ।



खेलाडी जीवनपछि थापाले प्रशिक्षण सुरु गरेका थिए । रुक्म शमशेर राणाको अध्यक्षतामा उनले एन्फाको सहायक महासचिवको रूपमा समेत काम गरेका थिए ।     





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १४:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया