logo-img

राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सतर्क बनौँ : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सतर्क हुनुपर्ने बताएका छन् । उनले हिजोको अवस्थामा मुलुकको विकासका लागि राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझाउनुपर्ने जिम्मेवारी आएको बताए । 

पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नेताका पक्षमा साथ दिन र जनसंगठन तथा पार्टीलाई क्रियाशील बनाउन महामन्त्री शर्माले आग्रह गरे । अहिले केही पुराना र नयाँ दलहरुले मिसन २०८४ का नाममा गरेको कार्यक्रम नेपाली कांग्रेसका लागि जरुरी नभएको बताए । 

भगवान् बुद्धको आशीर्वाद भएको देशका नागरिक होऔँ भने संकल्पका साथअघि बढ्न र उत्साहलाई लिएर अगाडि बढन पनि उनले आग्रह गरे । अब बलियो कांग्रेस बनाउन सबैको संकल्प आवश्यक रहेको भन्दै उनले देश बनाउने संकल्प अब लुम्बिनीबाट सुरु गर्न आह्वान गरे । 





  • प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया