logo-img

आज नेपाली टिमले पाकिस्तानविरुद्ध खेल्दै

आज शुक्रबारदेखि यूएईमा एसिसी यू–१९ एसिया कप हुँदै छ । एसिसी यू–१९ एसिया कप प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपाली युवा टिमले आज पाकिस्तानविरुद्ध खेल्ने भएको छ । 

दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ । टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध नेपाली टिम देव खनालको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली टोलीमा सियिनर टिमका नियमित अलराउन्डर गुल्सन झासमेत समावेश छन् ।

यस्तै, नेपालले १० डिसेम्बरमा अफगानिस्तान र १२ डिसेम्बरमा भारतसँग खेल्ने छ । यी चारवटै टिमले एकै वर्ष सिनियर र जुनियर एसिया कप खेल्न लागेका हुन् । 

गत सेप्टेम्बरमा भएको सिनियर टोलीको सिनियर एसिया कपमा पनि नेपालले भारत र पाकिस्तानको सामना गरेको थियो । खेलमा हार बेहोरे पनि नेपालले दुवै टिमविरुद्ध सन्तोषजनक प्रदर्शन गर्‍यो । नेपाल यू–१९ विश्वकपमा भने भारत, पाकिस्तान र अफगानिस्तानविरुद्ध जित निकाल्न चाहन्छ । त्यसका लागि नेपाली खेलाडीले उच्चस्तरको प्रदर्शन गर्नुपर्नेछ । 




 






  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया