logo-img

विमानस्थलबाट बरामद १४ किलो सुनबारे छानबिन गर्न समिति गठन
विमानस्थलमा सुनसहित पक्राउ परेका चन्द्रबहादुर घले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको हो । 

भन्सार अधिकृत मणिराम पौडेल संयोजक रहेको उक्त समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा सदस्य रहेका छन् ।

बिहीबार राति सुनसहित दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घले पक्राउ गरेका थिए । फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११:४० बजे विमानस्थल उत्रिएका घलेलाई विमानस्थल भन्सारले सुनसहित पक्राउ गरेको थियो ।

विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद गरेको भन्सार कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया