logo-img

शीर्ष स्थानमा उक्लियो युभेन्टस

इटालियन सिरी ए फुटबलमा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्टसले नापोलीलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । 

युभेन्टसको जितमा ५१ औँ मिनेटमा फेडरिको गाटीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले एन्ड्रिया काम्बिसोको पासमा गोल गरेका थिए । जितपछि युभेन्टस १५ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा रहँदा १ खेल कम खेलेको इन्टर मिलान ३५ अंकका साथ दोस्रो स्थानमा झरेको छ । 

यसैगरी युभेन्टससँग पराजित भएको नापोली १५ खेलबाट २४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । सिरी ए अन्तर्गत आज ३ वटा खेल हुने छन् । नेपाली समय अनुसार राति पौने ८ बजे भेरोना र लाजियो आमने  सामने हुने छन् । 

यसैगरी राति पौने ११ बजे एटलान्टा र एसी मिलान भिड्दा साढे १ बजे इन्टर मिलान र उडिनेसले प्रतिस्पर्धा गर्ने छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया