logo-img

ललितपुर सिटी शीर्ष स्थानमा

ललितपुर सिटी एफसी आइतबार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष स्थानमा पुगेको छ ।

अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो । ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे । समान पाँच खेलमा ललितपुर दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो । चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्यो । काठमाडौं रेजर्सको पनि समान पाँच अंक भए पनि गोलअन्तरको पाँचौं स्थानमा छ ।

त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३ औं मिनेटमा सिर्जना गर्यो । दिनेश हेन्जनले ड्रिब्लिङ गर्दै पेनाल्टीक्षेत्रबाट गरेको सट एफसी चितवनका विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । दुई मिनेटपछि नै सनिष श्रेष्ठले उत्कृष्ट क्रस गर्दै ललितपुरका लागि अवसर सिर्जना गरे पनि पेनाल्टी क्षेत्रमा रहेका पापा केबेले भेट्टाउन सकेनन् । केबेले १७ औं मिनेटमा पनि अवसर खेर फाले । निखिल कदमले चितवनका अन्तिम डिफेन्डर बिट गर्दै उपलब्ध गराएको पासमा उनी विशालसँग वान भर्सेस वानमा चुके । त्यसको दुई मिनेटपछि भने केबेले अवसर सदुपयोग गरे ।

दिनेश हेन्जनको फ्लिक पासलाई उनले वान टचमार्फत गोलमा परिणत गराए । चितवनले २९औं मिनेटमा पहिलो अवसर बनायो । विमल घर्तीगरले १२ यार्डबाट गरेको सट लतिलपुरका गोलकिपर जेफ्री विली मार्सेल पन्च गर्दै बाहिर पठाए । चितवनले ३१औं मिनेटमा गरेको अर्को आक्रमणमा जेफ्री विली नै बाधक बने । रफिक अमिनुले ललितपुरका चार खेलाडी छक्याउँदै पेनाल्टी क्षेत्रबाट गरेको सट जेफ्री विलीले बचाउ गरेका हुन् । लतिलपुरले ४१औं मिनेममा काउन्टर अट्याकमा २० यार्डबाट फ्रिकिक सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

पहिलो हाफको थप समयमा ललितपुरले कर्नर प्रहार आक्रमण बनाए पनि चितवनका गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै संकट टारे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता लियो । ४९औं मिनेटमा इमोन इकिजिलको करिब १० यार्डबाट हेडर चितवनका गोलकिपर विशालले बचाउ गरे । सेसेहाङ आङदेम्बेको पासमा उनको हेडर सफल हुन सकेन । ५७औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पारे । विवेक पौडेलले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे । चितवनका डिफेन्डर एबमुबारिक युसिफले हेडरमार्फत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेक गोल गरेका हुन् ।

चितवनका लागि ६४ औं मिनेटमा एफ्रिई एक्वाहले ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बार हुँदै बाहिरियो । चितवनको अर्को आक्रमण पनि सफल भएन । तोरिक जेब्रिनले ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सट ओमलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै माथिल्लो बारबाट बाहिरिन पुग्यो । ८९औं मिनेटमा रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काए । विमल घर्तिमगरको पासमा उनले ललितपुरका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।



इन्जुरी समयको पहिलो मिनेटमा नै पेनाल्टीमार्फत ललितपुरले अग्रता बढाउने अवसर पायो । उत्सव राईले पेनाल्टी क्षेत्रमा आदित्य शाक्य लडाएपछि ललितपुरले पेनाल्टी पाएको हो । केबेले सो अवसर सदुपयोग गर्दै ललितपुरलाई ३–१ ले अग्रता दिलाए । ललितपुर र चितवनको समान एक आक्रमण माथिल्लो बारमा लागेर फर्किंदा थप गोल हुन सकेन । यससँगै ललितपुरले दोस्रो जितसहित शीर्ष स्थानमा पुग्यो ।  



  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया