logo-img

नेताहरूले जे गरे पनि हुन्छ भन्ने कुरा अबको पुस्ताले मान्दैन : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

अधिकारको मात्र होइन अब कर्तव्यको पनि ख्याल गरौंः अध्यक्ष तिमल्सिना


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अधिकारको मात्र होइन सबैले आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका छन् । उनले अरूको अधिकार हनन भयो कि भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा उनले सबै तह र जिम्मेवारीमा रहेकाहरुले अधिकार मात्र होइन कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका हुन् ।

‘हामीले आफ्नो अधिकार प्राप्तिका लागि धेरै ठूला संघर्ष गर्यौं, अहिले पनि अधिकारकै कुरा गरिरहेका छौँ तर कर्तव्य कहाँ छ ?’ अध्यक्ष तिमल्सिनाले भने, ‘त्यसकारण अब अरूको बारेमा कुरा गरौँ । आफ्नो होइन अरूको अधिकार हनन भयो कि भनेर ध्यान दिऔँ र आफ्नो कर्तव्य आफ्नो सोचौँ ।’

नयाँ पुस्ताले नेताहरूको व्यवहारमा ध्यान दिने भन्दै उनले भने, ‘पार्टीका नेताहरूले इतिहासमा त्याग गरेको भनेर अबको पुस्ताले हेर्दैनन्, अब के गर्छन् भनेर हेर्छन् । इतिहासमा त्याग गरेका नेताहरू अब जे बोले पनि, जे गरे पनि हुन्छ भन्ने कुरा अबको पुस्ताले मान्दैन । त्यसकारण बोल्दा सक्ने कुरा मात्र बोलौँ । बोलेको कुरा गरौँ । त्यति गर्दा सुशासन प्रवर्द्धन र सन्तुलित विकास गर्ने कुरामा अघि बढ्न सकिन्छ ।’ 

बजेट पेस गर्दा सदनमा आवाज उठ्छ भनेर सबैतिर अलिअलि देखाउने अनि पछि विस्तारै गएर सकभर कार्यान्वयन नै नगराउने चलन राम्रो नभएको उनले बताए । 
 





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया