logo-img

एनएसएल : आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

काठमाडौमा जारी नेपाल सुपर लिग (एलएसएल) फुटबल प्रतियोगिता अन्तर्गत मा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

धनगढीको जितमा आफिज ओलावालेले निर्णायक गोल गरे । उनले खेलको सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो । जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अंक जोडेको छ । 

यो हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया