logo-img

सीजी टेलिकमको लाइसेन्स खारेज

चौधरी ग्रुपअन्तर्गतको दूरसञ्चार कम्पनी सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । नवीकरणका लागि समयमै आवेदन नदिँदा कम्पनीको लाइसेन्स खारेज भएको हो । 

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सीजी टेलिकमको अनुमतिपत्र स्वतः खारेज भएको हो । वि.सं २०६० सालमा सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र (लाइसेन्स) पाएको थियो ।

प्राधिकरणका एक अधिकारीले नवीकरणका लागि १६ मसिंरसम्मको अन्तिम अवधि सकिएसँगै सीजी टेलिकमको लाइसेन्स खारेज भएको बताए । 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया