logo-img

केहीले मिसन ८४ भन्दै छन्, चुनावको होइन देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको बताए । 

‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?’, महामन्त्री शर्माले भने, ‘२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।’

उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले बताए ।

‘देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन’, उनले भने, ‘अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।’ उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । 





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया