logo-img

चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु

चीनका भूकम्प जाँदा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्थानीय समयअनुसार आज बिहान २ बजे चीनको उत्तरी प्रान्त कान्सुलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँद ठूलो मानवीय क्षति भएको हो ।  

कान्सुमा १ सय जनाको मृत्यु र ९६ जना घाइते भएका चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यस्तै, छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् । 





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया