logo-img

चीनमा भूकम्प : मृतकको संख्या १११ पुग्यो, विद्युत् र खानेपानी आपूर्ति अवरुद्ध

नेपालको उत्तरी छिमेकी देश चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार राति भूकम्प जाँदा मृतकको संख्या १ सय ११ पुगेको हो ।

भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १ सय जनाको मृत्यु भएको  छ भने छिङहाइमा ११ जनाको मृत्यु भएको छ । त्यसैगरी गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन् । 

भूकम्पका कारण धेरै क्षति भएको चिनियाँ अधिकारीले बताएका छन् । खानेपानी र बिजुलीको व्यवस्था ठप्प भएको छ । यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए । उद्धार टोली घटनास्थल पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य सुरु गरिएको छ । 

टेन्ट, फोल्डिङ बेड र रजाई घटनास्थलमा पुर्याइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यससँगै उनले मृत्यु हुनेको संख्या घटाउने उपाय अपनाउन निर्देशन पनि दिएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार जारी छ ।

भूकम्प किन आउँछ?



पृथ्वी भित्र ७ वटा प्लेट छन्, जो निरन्तर घुमिरहन्छन् । यी प्लेटहरू ठोक्किने क्षेत्रलाई फल्ट लाइन भनिन्छ । 

बारम्बार टकरावको कारण प्लेटका कुनाहरू झुकेका छन् । दबाव धेरै बढ्दै जाँदा पृथ्वीमा रहेका प्लेटहरू दबिन थाल्छन् र तलको ऊर्जाले बाटो खोज्छ र कम्पन हुँदा भूकम्प आउँछ ।
 



  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया