मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बसेको हो ।
मन्त्रीपरिषद् बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले बताए । बैठकअघि प्रधानमन्त्री दाहालले बैठक कक्षको अवलोकन गरेका थिए ।
यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस जाँगर आउने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।