इजरायलले भारतबाट १० हजार कामदार लैजाने

इजरायल र हमासबीचको युद्धका कारण गाजामा डरलाग्दो अवस्था छ र अहिलेसम्म करिब २० हजार मानिसको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले प्यालेस्टिनीहरूलाई आफ्नो क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको छ । 

यस्तो अवस्थामा इजरायलमा निर्माणदेखि खेतीसम्म सबै कामका लागि कामदारको ठूलो अभाव छ । इजरायली उद्योगीहरूको बारम्बार चेतावनीपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशबाट कामदार ल्याउन सहमति दिएका छन् । साथै उनले पहिलो पहलस्वरुप एसियाली राष्ट्र भारतसँग सहयोग मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

नेतान्याहूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कामदार आपूर्तिका विषयमा  छलफल गरेका थिए । त्यसपछि इजरायलको टोली भारत आएर थप छलफल पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अब फेरि इजरायलबाट छनोटकर्ताहरूको अर्को समूह भारत आउने र त्यसपछि भारतीयलाई कामदारको रुपमा छनोट गर्ने प्रक्रिया अघि बढाउने छ ।

इजरायली बिल्डर्स एसोसिएसनका अनुसार सबैभन्दा बढी कामदारको माग निर्माण क्षेत्रमा छ । इजरायली बिल्डर्स एसोसिएसनका उपनिर्देशक शे पोजनरले डिसेम्बर २७ देखि दिल्ली र चेन्नईमा भर्ती प्रक्रिया सुरु गर्ने पुष्टि गरेका छन् ।

अहिले तत्काल इजरायलले भारतबाट १० हजार कामदार लैजाने छ । तर त्यतिले मात्रै नपुग्ने भएकाले संख्या बढाउँदै ३० हजार पुरयाउने योजना छ ।



यसअघि वेस्ट बैंकबाट ८० हजार र गाजाबाट १७ हजार प्यालेस्टिनी काम गर्न इजरायल आउने गर्थे । तीमध्ये अधिकांशको श्रम स्वीकृति हमासको आक्रमणपछि खारेज गरिँदा त्यहाँ अहिले कामदारको चर्को अभाव भएको छ । 



  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार २२:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया