logo-img

फारवेष्ट पशुपति कपमा स्टार सिटीकाे सहज जित

कैलालीको धनगढी रङ्गशालामा आजदेखि सुरु भएको छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा साविक विजेता स्टार सिटी युवा क्लब विजयी भएको छ । 

स्टार सिटीले पुनर्वास नगरपालिका खेलकुद विकास समितिको टिमलाई २–० गोल अन्तरले पराजित गरेको हो । स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुँवेर सिंहले एक/एक गोल गरे । विजयीसँगै स्टार सिटी युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

विनोदले दोस्रो हाफको पाँचौँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । अतिरिक्ति समयमा कप्तान सिंहले टिमका लागि अर्को गोल थपे । उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ द म्याच’ घोषित स्टार सिटीका कप्तान सिंहले ५ हजार रुपैयाँ पुरस्कार पाए । 

शनिबारको पहिलो खेल इलाइट युवा क्लब र अलस्टार स्पोर्ट्स एकेडमीबीच र दोस्रो खेल टेकबहादुर चोखाल फाउण्डेशन र घोडाघोडी क्लबबीच हुने कार्यतालिका छ ।

पशुपति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।  





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया