logo-img

म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए । १ गोल भने उपहार पाएको थियो । खेल सुरु भएको ४० सेकेन्डमै अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।  

२७ औँ मिनेटमा फ्लुमिनेन्सका निनोले आफ्नै पोस्टमा प्रहार गरेपछि सिटीले उपहार गोलमार्फत अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा अरू २ गोल थपेको थियो ।

७२ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । यस्तै, ८८ औँ मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–० को सहज जितका साथ उपाधि कब्जा गर्न सफल भयो । 





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया