logo-img

एनएसएल : धनगढीलाई हराएर पहिलोपटक फाइनल पुग्ने दाउमा पोखरा

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको  पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसी भिड्दै छन् ।  

यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेल जित्ने टिमले फाइनलको यात्रा गर्नेछ । पराजित हुने टिमलाई फाइनल पुग्ने अर्को मौका मिल्नेछ ।

पहिलो क्वालिफायरको पराजित टिमले एलिमिनेटर खेलको विजेताको सामना गर्नेछ । एलिमिनेटर खेलमा मंगलबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्नेछन् । 

पहिलो सिजनमा शीर्ष चारमा पर्न नसकेको पोखराले जारी सिजनमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो । लिग चरणमा उसले ८ मध्ये ४ मा जित ३ मा बराबरी र १ खेलमा हार बेहोर्‍यो । पोखरा १५ अंकका साथ शीर्ष स्थानमा रह्यो ।  



साबिक उपविजेता धनगढीले तीनमा जित चारमा बराबरी र एक खेलमा हार बेहोर्‍यो । ऊ १३ अंक जोडेर दोस्रो रह्यो । लिग चरणमा पोखरा र धनगढीले १–१ गोलको बराबरी खेलेका थिए ।

क्वालिफायर खेलमा भने यी दुई टिम उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुग्न चाहन्छन् । 



  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया