logo-img

हाम्रो वैदेशिक व्यापार चुनौतीपूर्ण छ, सामना गर्छौँ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भूपरिवेष्टित मुलुक भएकै कारण  वैदेशिक व्यापार  चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित बिमस्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले नेपाल भूपरिवेष्टित मुलुक भएकै कारण  वैदेशिक व्यापार  चुनौतीपूर्ण रहेको भन्दै चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आबद्धताले सहयोग पुग्ने बताए । 

उनले भने, ‘भूपरिवेष्टित मुलुक भएका कारण  वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौँ चुनौती हामीले सामना गरिरहेका छौँ। यी चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुई मत छैन।’  

उनले बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन बिमस्टेक इपीजी गठन भएको बताए । 

उनले भने, ‘बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रक्रियाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरूको समूह) गठन भएको छ।’



बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकताहरू निर्धारण गर्ने कार्य नेपालका लागि एक महत्त्वपूर्ण अवसर रहेको भन्दै आफ्नो मुलुक सदस्य रहेको सङ्गठनलाई कस्तो बनाउने र उक्त सङ्गठनमा कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको उनको भनाई छ । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया