logo-img

एनएसएल : उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधीका लागि आजसाविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि खेलाइनेछ । 

लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो । 

उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होडमा छ ।  लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन । 

एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।  उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ ।  लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया