logo-img

बालकुमारी घटना छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन हुने

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताको छलफलमा पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने सहमति भएको हो । 

सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले छानबिन आयोग ऐन २०२६ अनुसार समिति गठन मन्त्रिपरिषदबाट गर्नेछन् । प्रधानमन्त्रीले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिएका छन् । गठन भए लगत्तै समितिले काम सुरु गर्नेछ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ । 

‘ललितपुरको बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ,’ सचिवालयको सूचनामा भनिएको छ, ‘भोलि मिति २०८०–९–१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको अ‍ौपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।’





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया