जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बुधबार

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । 

बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठक बुधबार र बिहीबार चल्नेछ । 

बैठकमा पार्टीको राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने र त्यही प्रतिवेदनमाथि छलफल हुने उनले बताए । 

त्यस्तै, पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिको प्रगति विवरण समीक्षा हुनेछ ।  
 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार १०:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया