प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ५ बजेपछि बस्ने गरी बोलाइएको हाे ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएको ती नेताको भनाइ छ । राष्ट्रिय सभाका १९ पदका लागि ११ माघमा निर्वाचन हुँदै छ ।
गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।