logo-img

कैलालीमा मोटरसाइकल दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।    

बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने कुइने चिसापानी सडकखण्डको पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो । 

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट २ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए ।

बुधबार साँझ करिब ७ बजेतिर नदीमा खसेका दुवै जनाको शवलाई मोटरबोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो ।   





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया