logo-img

सत्ता गठबन्धन समन्वय समिति बैठकका के गर्‍यो निर्णय ?

सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरूसँग गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदान गर्न कालागि गठबन्धन दलका शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

शनिबार नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखको संयोजकत्वमा बसेको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्दै मतदातालाई चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म खटिन निर्देश दिने निर्णय गरेको छ ।

अगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा१९ सदस्य पदका लागि गठबन्धन दलहरू कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट २ र जसपाबाट एक जनाले उम्मेदवारी दिएका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया