logo-img

राष्ट्रियसभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन साझा अपिल गर्दै शीर्ष नेता

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गर्ने भएका छन् । 

आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । 

सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भए पनि गोप्य मतदान हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ । त्यहीकारण गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन शीर्ष नेताहरूले नै सार्वजनिक आह्वान गर्ने तयारी छ । 

शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वको निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गर्ने निर्णय गरेको थियो । 

आइतबार गठबन्धनको बैठक बस्दैछ । समितिका एक सदस्यले भने, ‘यो बैठकपछि नेताहरूले सार्वजनिक अपिल गर्नुहुन्छ ।’ गठबन्धनले प्रदेश र जिल्लास्तरमा समेत राष्ट्रिय सभा निर्वाचन समन्वय समिति गठन गरेको छ भने शीर्ष नेताहरू समेत निर्वाचनका लागि प्रदेशमा खटिने तयारी छ । 

यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । 





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया