logo-img

गठबन्धनको दाबी : मुलुकको समृद्धिका लागि सत्ता साझेदारी

सत्तासाझेदारका नेताले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै सत्ता साझेदारको मुख्य उद्देश्य भएको बताएका छन् । राष्ट्रिय सभा निर्वाचन–२०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय साझेदार गण्डकी प्रदेशका तर्फबाट आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताले सत्ता साझेदार मुलुकको आवश्यकता भएको बताएका हुन् । 

सत्तापक्षीय साझेदार दलका तर्फबाट गण्डकी प्रदेशमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवं नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।

कार्यक्रममा  कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान प्रदत्त सार्वभौम जनताको अधिकारलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिँडाउनु सत्ता पक्षीय गठबन्धनमा आबद्ध राजनीतिक दलको मुख्य उद्देश्य भएको बताए । 

नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशका कावा अध्यक्ष श्रीनाथ बरालले मुलुकमा अस्थिरता निम्त्याउने संविधान विरोधी गतिविधि गर्ने, प्रतिगिमन र अधिनायकवादलाई प्रश्रय दिने क्रम अझै पनि जारी रहेको बताउँदै संविधानको रक्षा एवं देशको समृद्धिका लागि राजनीतिक दलबीचको एकता आवश्यक भएको बताए । 

कार्यक्रममा सत्तापक्षीय गठबन्धनका उम्मेदवार किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र मनरुपा शर्माले राष्ट्रिय सभाको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै संविधानको रक्षा एवं देशको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेल्नका लागि सत्तापक्षीय गठबन्धनका तर्फबाट आफूहरू उम्मेदवार भएको बताए ।  





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार २३:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया