logo-img

काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस, आज पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज बिहान साढे  ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियससम्म पुगेको थियो ।

मंगलबार राति कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी जिल्लाका केही ठाउँमा हिमपात र हिउँदे वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । उच्च पहाडी स्थानमा भएको हिमपात र वर्षाका कारण चिसो बढेको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । साथै, तराई भू–भागमा हुस्सु÷कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया