logo-img

समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले : मन्त्री शर्मा
फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन् । बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताइन् । 

उनले भनिन्, ‘टियुसँग केही गुनासाहरू छन् । नतिजा र परीक्षाहरूका समस्याहरूको बारेमा । समयमै नहुने समस्या छ । त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेका छन् । त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ । टियु राम्रो हो तर के गर्नु ? समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन । कोर्स पूरा हुँदैन भन्ने गुनासो छ ।’ 

उनले अध्ययन/अध्यापन र परीक्षा, नतिजा लगायतका विषयहरू सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन् । उनले अनलाइन माध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन् । 



उनले भनिन्, ‘परीक्षा, नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्याहरू अन्त्य भएर जान्छन् । हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अरू विषय पनि सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने टियुप्रतिका गुनासा समाधान हुनेछन् । विश्वविद्यालय माथि उठ्नेछ । आइटीलाई राज्यले अत्यावश्यक चिज हो भनेर स्वीकार त गरेको छ, केही समअघिसम्म अत्यावश्यकीय सेवाको रुपमा लिन सकिएको थिएन ।’ 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया