उपेन्द्र यादव भन्छन्– ‘मधेसबाहेक अन्य प्रदेशको नामकरण संघीयताविपरीत’
फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयताविपरीत भएको आरोप लगाएका छन् ।

बुधबार साँझ मधेश प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस प्रदेशबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाए । 

उनले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी समेत गरे । यादवले संघीयताविपरीत नामाकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको आरोप लगाए । 

उनले मधेस प्रदेशको मुख्य चुनौती भ्रष्टाचार रहेको बताए । यादवले प्रदेशको समुन्नत विकासका लागि सुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचार विरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार ११:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया