पोखरा महोत्सवमा शनिबार प्रकाश दुतराज र भिटेनले धुम मच्चाउने

पोखरामा जारी १२औँ संस्करणको पोखरा सडक महोत्सवमा भोलि प्रकाश दुतराज र भिटेनको प्रस्तुति रहने भएको छ । 
महोत्सवको नवौँ दिन शनिबार महोत्सवमा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र साँझको लाइभ कन्सर्टमा युवाहरूबीच चर्चित भिटेनको प्रस्तुति रहने महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

दुतराजसँगै शनिवार महोत्सवमा लोकदोहोरीतर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङलगायतको प्रस्तुति रहनेछ । 

महोत्सवको आठौँ दिन आज महोत्सवमा एलिना चौहानको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइँदैन, छुनुमुनुलगायत गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । एलिनासँगै महोत्समा शुक्रबार जीवन दाहाल, शिवहरि ढुंगाना, निश्चल दवाडी, सविना गुरुङ, शान्ता बर्देवा, माधव चापागाईं, कमला गैरे, विनिता क्षेत्री, सुरेश भुर्तेललगायतको प्रस्तुति रहेको थियो भने साँझको लाइभब्याण्डतर्फ मन्त्र ब्याण्डको लाइभ कन्सर्टमा युवाहरू झुमेका थिए ।
 
महोत्सवमा आयोजित विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा शुक्रबार मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । 

शुक्रबार सम्पन्न प्रतियोगितामा मेरिगोल्ड, बालकल्याण, राष्ट्रिय माविबीचको प्रतिस्पर्धामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । 

आठौँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको र महोत्सवमा राखिएका स्टलमा समेत उल्लेख्य मात्रामा कारोबार भइरहेको आयोजकले जनाएको छ । 
 





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २२:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया