शाहरुख र रोहितबीच के हो मनमुटाबको रहस्य ?

‘चेन्नई एक्सप्रेस’ र ‘दिलवाले’ जस्ता क्लासिक हिट फिल्मपश्चात निर्देशक रोहित शेट्टीले बलिउड अभिनेता शाह रुख खानसँग पुनः सहकार्य गरेका छैनन् । रोहित र शाहरुखको जोडीको आगामी फिल्मका लागि उनीहरूका प्रशंसक प्रतीक्षामा रहे पनि सँगै काम गर्न सकिनेबारे कुनै संकेत गरेका छैनन् । 

रोहित र शाहरुखबिच मनमुटाब भएको खबरहरू चर्चामा रहे पनि उक्त विषयमा दुवैले प्रष्टीकरण दिन चाहेका थिएनन् । तर हालै मात्र एक अन्तरवार्तामा रोहितले यो विषयमा मुख खोलेका छन् । अन्तरवार्तामा रोहितलाई शाहरुखसँगको मनमुटाबको विषयमा प्रश्न गर्दा ‘त्यस्तो केही होइन’ मात्र प्रतिक्रिया दिए ।

 रोहित र शाहरुखको फिल्म ‘दिलवाले’को रिलिजका समयमा दुवैबिच केही मुद्दामा मतभेद रहेको चर्चा चलेको थियो । फिल्मले थिएटरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । जस कारण पनि शाह रुख र रोहितबिच पुनः सहकार्यको वातावरण बिग्रिएकासमेत चर्चा चलेको थियो । 

तर रोहितले अहिले आएर भने ती सबै कुराको खण्डन गरेका छन् । ‘कुनै राम्रो कथा भेटियो भने पुनः सहकार्य हुन्छ । त्यस्तो कथा ‘चेन्नई एक्सप्रेस’को भन्दा पनि उत्कृष्ट हुनुपर्छ । राम्रो कथा आयो भने शाहरुखसँग सहकार्य गर्न कुनै आपत्ति छैन’, उनले भनेका छन् । 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १४:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया